१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रजातन्त्र बलियो हुनको लागि हिन्दु राष्ट्रको जग बस्नुपर्छ : राप्रपा अध्यक्ष राणा


0
Shares

काठमाडौं, माघ २७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले नेपालमा हिन्दु राष्ट्रको जग नबसी प्रजातन्त्रको जग बलियो नहुने जिकिर गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला समितिद्धारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले प्रजातन्त्र बलिायो हो भने हिन्दु राष्ट्रको जग बनाउनुपर्ने बताउनुभएको हो ।

अध्यक्ष राणाले यसका निम्ति राजतन्त्र नल्याई नहुने पनि बताउनुभयो ।

कम्युनिष्ट र कांग्रेस असफल भएको भन्दै उहाँले यतिबेला राप्रपा आन्दोलनमा उत्रिए आफुहरुको मुद्धाले प्राथमिकता पाउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै राप्रपाका अर्का अध्यक्ष कमल थापाले केही वर्ष भित्रमै असम्भव ठानिएको हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापना गराउने दाबी गर्नुभयो ।

पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनताको सहानुभुति आफ्नो पार्टीसँग रहेको दाबी गर्नुभयो ।

जनता कांग्रेस र नेकपासँग चेतिसकेको भन्दै उहाँले जनताले नयाँ राजनीतिक शक्ति खोजेको र आफुहरु सक्षम भए जनताले साथ दिने बताउनुभयो ।

अध्यक्ष लोहनीले जनताको सद्भावनालाई बोकेर लैजाने क्षमता कति आउँछ भन्नेनै नेतृत्वको चुनौति रहेको औँल्याउनुभयो ।