१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


खर्च गर्न नसकेपछि घट्यो चालु आर्थिक वर्षको बजेट


0
Shares

काठमाडौं, माघ २७ । कार्यान्वयन गर्न नसकेपछि सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ ।

अर्थमन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनाको अर्धवार्षिक समिक्षा गर्दै बजेटको आकार घटाएको हो ।

अर्धवार्षिक समिक्षा गर्दै मन्त्रालयले यस वर्षको बजेटको आकार १३ खर्ब ४४ अर्ब ६८ करोड रहने प्रक्षेपण गरेको छ ।

यो कुल विनियोजीत बजेट भन्दा १ खर्ब ३० अर्बले कम हो ।

चालु आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेको थियो तर कोभिड लगायतका कारणले खर्च हुन नसकेको भन्दै अर्थ मन्त्रालयले खर्चको आकार घटाएको हो ।

सरकारले यस वर्ष सबैभन्दा धेरै पुँजीगत खर्च २० प्रतिशतले घटाएको छ ।

चालु आर्थिक वर्षको चालु तर्फ ९ खर्ब १४ अर्ब अर्थात विनियोजित बजेटको ४ प्रतिशत मात्रै घटाउँदा पुँजीगत खर्च २ खर्ब ८३ अर्ब मात्रै अर्थात २० प्रतिशत कम खर्च हुने प्रक्षेपण गरिएको छ ।

यो कुल विनियोजित बजेटको ८०.२ प्रतिशत हो ।

यस्तै वित्तिय व्यवस्था तर्फ १ खर्ब ४६ अर्ब ८६ करोड बजेट पु¥याईएको छ ।

वित्तिय व्यवस्था तर्फको खर्चमा भने १५ प्रतिशत घटाईएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले सरकारले यो बजेटमा आगामी बैशाखमा हुने प्रतिनिधीसभा निर्वाचन र कोभिडको खर्च समेत जोडिएको बताउनुभयो ।

मन्त्री पौडेलले मुलुक निर्वाचनको तयारीमा लागि सकेको भन्दै निर्वाचन आयोगलाई ७ अर्बको स्रोत सुनिश्चितता गरेको जानकारी दिनभयो ।

अर्थमन्त्रालयले यस वर्षको अन्त्य सम्ममा आर्थिक वृद्धिद्धर औसत रहने प्रक्षेपण गरेको छ ।

अर्थसचिव शिशिर ढुङगानाले चालु आर्थिक वर्षको ६ महिनामा राजस्वमा चाप परेको भएपनि आर्थिक क्रियाकलापमा सुधार भएसँगै राजस्व संकलनमा सुधार आएको बताउनुभयो ।

सरकारले सुरुवातीमा महत्वाकाक्षीं बजेट ल्याउने र कार्यान्यवन गर्न नसकेपछि बजेटको आकार घटाउँदै आएको छ ।