
पोखरा, माघ २७ । नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले सुखद सुरुवात गरेको हो ।
बलियो टिम पुलिसले गण्डकीविरुद्ध २७-२५, २५-२१ र २५-२२ को सेटमा जित निकाल्यो ।
जितसँगै पुलिसले ३ अंक जोडेको छ । गण्डकीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
महिलातर्फ होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरिसकेका छन् ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला र पुरुषका समान ४–४ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितियले ७५ हजार तथा तृतियले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्