२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्याङ्जामा भरुवा बन्दुकसहित एकजना पक्राउ


0
Shares

स्याङ्जा, माघ २८ । स्याङ्जाको हरिनास गाउँपालिकामा एक जना हतियारसहित पक्राउ परेका छन् ।

हरीनास गाउँपालिका– ३ बलाम्दीका ४० वर्षीय तुलबहादुर रानालाई एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने ३१ वटा सिसाको छर्रा, बारुद र भरुवा बन्दुकमा प्रयोग हुने २ थान चापघोडासहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले रानाको घर तलासी गर्दा उक्त हतियार फेला परेको जनाइएको छ ।

पक्राउ परेका रानालाई हातहतियार तथा खरखजना अन्तर्गतको मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।