२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


काठमाडौं उपत्यकामा थप ६५ सहित १३४ जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं, माघ २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा थप ६५ जनामा कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंका ५५, ललितपुरका ४ र भक्तपुरका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३४ जनामा कोरोना संक्रमण पुष्टि हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५६७ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ११८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६८ हजार ५४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैले पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।