१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नक्कली सुन देखाइ ठग्ने ५ जना पक्राउ


0
Shares

काठमाडौं, माघ २८ । महानगरीय प्रहरी काठमाडौंले नक्कली सुन देखाइ ठग्ने ५ जनालाई महानगरिय अपराध महाशाखाकाको टोलिले पक्राउ गरेकोछ ।

पक्राउ पर्नेहरु मा काभ्रे जिल्ला भुम्लु गाउपालिका ५ घर भै काठमाडौंको मछापोखरी बस्ने बर्ष ३२ का सन्त बहादुर लामा नुवाकोट जिल्ला किस्पाङ्ग १ नुजेत घर भै काठमाडौंको तरकेश्वर नगरपालिका शान्तिटोल बस्ने बर्ष ४५ का रीसमान घले , बर्ष २० का चन्द्र भन्ने जेरि तामाङ्ग , बर्ष ३५ का जित भन्ने मेख तामाङ्ग र झापा जिल्ला अनारमनी १ घर भै काठमाडौंको ताहचल बस्ने पप्पु भन्ने अभय कुमार चौधरी रहेका छन ।

उनिहरुले २०७२ साल माघ १२ गते काठमाडांैको ताहचल बस्दै आएका एक ब्यक्तीलाई १ किलो सुन जस्तो देखिने धातुलाइ सुन भने झुक्क्याएर बिक्री गरि ५५ लाख रुपैया ठ्गि गरि फरार भएका थिए ।

आफू ठगिएको थाहा पाए पछि महानगरिय अपराध महाशाखामा उजुरी दिएको थियो ।

अपराध महाशाखाको प्रहरीले खोजी गर्ने क्रममा प्रहरीले उनिहरुलाइ नगद ९ लाख ५० हजार रुपैया २ वटा मोटर्साइकल र ५ थान मोबाइलसहित राजधानी बाट नियन्त्रणमा लिएको महानगरिय अपराध महासाखाका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।