१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इमेज च्यानलमा ‘लफडा’


13
Shares

काठमाडौं । इमेज टेलिभिजनले आफ्नो प्रसारणमा विविधता थप्दै नयाँ – नयाँ कार्यक्रम प्रसारण गर्ने क्रममा नया हास्य व्यङ्ग् टेलिसिरियल ‘लफडा’ प्रसारण गर्ने भएको छ ।

इमेज टेलिभिजनको कार्यालय पानीपोखरीमा टेलिभिजनका तर्फबाट कार्यक्रम महाशाखा प्रमुख सुरेश शर्मा र निर्माता पुष्कर ढुंगेलले कार्यक्रम उत्पादनका सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । टेलिसिरियल लफडा अन्य मनोरञ्जन तथा व्यङ्ग्यात्मक कार्यक्रम भन्दा फरक हुने गरि निर्माण गरिने जानकारी दिइयो । पुष्कर ढुङंगेल र क्षीतिज सुवेदीले संयुक्त रुपमा निमार्ण गर्नु भएको हो ।

इमेज टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण हुमागाईले कार्यक्रममा विविधता ल्याउन र दर्शकको चाहना अनुसारका कार्यक्रमहरु प्रसारण गर्न लागिएको जानकारी गराउनुभयो । कार्यक्रम महाशाखाका प्रमुख शर्माले फरक स्वादको कार्यक्रम दिने क्रममा टेलिसिरियल ‘लफडा’ प्रशारण गर्न लागिएको बताउनुभयो ।

अन्य मनोरञ्जन तथा व्यङ्ग्यात्मक कार्यक्रम भन्दा पृथक रुपले टेलिसिरियल लफडा प्रस्तुत गरिने निर्माता ढुंगेलले जनाउनुभयो । कार्यक्रम लफडा प्रत्येक शुक्रबार राति साँढे आठ बजे प्रशारण हुनेछ ।

ईमेज च्यालनले अहिले हास्यव्यङ्ग्यात्मक टक शो ‘काउलीबुढी शो’ हास्यव्यङ्ग्यात्मक टेलिश्रृंखला ‘खुराफाति’ प्रसारण गरिरहेको छ । यस्तै टेलिभिजनले स्ट्याण्डअप कमेडी शो ‘नेता निवास’ प्रसारणमा ल्याउने तयारी गरेको टेलिभिजन व्यवस्थापनले जनाएको छ ।

यस लगायत टेलिभिजनले अन्य सूचना, समाचार र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारण गर्दै आएको छ ।