१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एक घरमा आगो लगाइ अर्को घरमा चोरी


0
Shares

धनकुटा, माघ ३० । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरी गरेको छ ।

बिहीबार राती अज्ञात समूहले स्थानीय बीरबहादुर विश्कर्माको घरमा आगो लगाई उनको छिमेकी कृष्ण विशङ्खेको घरमा चोरी गरेको हो ।

आगलागीबाट विश्वकर्माको दुई तले घर जलेर पूर्णरुपमा क्षति हुँदा करिब १ लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ भने चोरी भएको विशङ्खेको घरको सामान घरको केही नजिकै फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

आगलागी र चोरीमा संलग्नको खोजी भई रहेको प्रहरीले जनाएको छ ।