१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हातमा साङ्लो बाँधेर प्रतिनिधिसभा विघटनको विरोध


0
Shares

काठमाडौं, माघ ३० । स्रष्टाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् ।

साहित्य सृजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारहरुले हातमा साङ्लो बाँधेर प्रर्दशन गरेका हुन् ।

स्रष्टाहरुले भृकुटीमण्डपदेखि बसन्तपुरसम्म र्‍याली निकालेका छन् ।

उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सबै किसिमका प्रतिगमन विरुद्ध हातमा साङ्लो बाँधेर प्रर्दशन गरेका हुन् ।

बसन्तपुरमा भएको सभामा कलाकार तथा स्रष्टाहरुले प्रतिकात्मक नाटक देखाउनुको साथै कविता र गीतमार्फत प्रतिगमनको विरोध गरेका थिए ।

कलाकारहरुले साङलोले हात बाँधेर अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको विरोधमा प्रतिकात्मक प्रर्दशन गरेका थिए ।

त्यसैगरी प्रविन शर्मा र प्रकाश गन्र्दभले गीत गाएर प्रतिगमनको विरोध गर्नुभएको थियो ।

कार्यक्रममा कवि राजन मुकारुङले अभिव्यक्ति स्वतन्त्रको रक्षा गर्नु सबैको साझा मुद्दा भएकाले प्रतिगमन विरुद्ध सबै स्रष्टाहरु एकठाउँमा उभिनुपर्ने बताउनुभयो ।

उहाँले निरंकुश सत्ता शासन र प्रधानमन्त्रीको अंहको चाँडै ठेगान लाग्ने भन्दै सबैलाई एकवद्ध हुन आह्वान गर्नुभयो ।