१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मृत्युपछि शरीर दान गर्ने सत्यमोहन जोशीको घोषणा


0
Shares

काठमाडौं, माघ ३० । वाङ्गमय सताब्दी पुरुष डाक्टर सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले मरणोप्रान्त आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको छ ।

नइ प्रकाशनले ललितपुर महानगरपालिकामा शुक्रबार गरेको कार्यक्रममा जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्यनका लागि आफ्नो शरीर दान गर्ने घोषणा गर्नुभएको हो ।

आफ्नो दीर्घजीवन र आफ्नो उर्जाका बारेमा अनुसन्धान गर्नसके चिकित्सा विज्ञान अध्ययनका लागि सहयोगी हुन सक्ने जोशीले बताउनुभयो ।

जोशी दम्पतीले मृत्युपछि भौतिक शरीर किष्ट मेडिकल कलेजलाई प्रदान गर्ने घोषणा गर्नु भएको हो ।

किष्ट मेडिकल कलेजलाई शरीर दिइएको मन्जुरी पत्रमा जोशी दम्पतीसहित छोरा अनुजराज जोशीको समेत हस्ताक्षर रहेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले वाङ्गमय शताब्दी पुरुषको सतवार्षिकी मनाउन पाउनु भाग्यको कुरा भएको बताउनुभयो ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाइले दीर्घजीवन पाएका जोशीको जोस र जाँगरमाथि अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।