
बारा, माघ ३० । उधोग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रलाई सधै खलनायकको रुपमा हेर्ने गरेको गुनासो गर्नुभएको छ ।
जितपुर सिमरा नगर उद्योग बाणिज्य संघको नबनिर्मीत भवनको शुक्रबार शिल्यान्यास गर्ने क्रममा गोल्छाले निजी क्षेत्रलाई मुलुक निर्माणको नायकको रुपमा खडा गर्नुपर्ने बताउनुभयो ।
जग्गा किनेर उद्योग स्थापना गर्ने अवस्था नरहेकाले सरकारले सातै प्रदेशमा औधोगिक क्षेत्र बनाउनु पर्नेमा जोड दिंदै उहाँले सहुलियत दरमा जग्गा नपाईए औद्योगिकरण संभवन हुदैन भन्नुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघको प्रदेश २ का अध्यक्ष गणेश लाठले पथलैया बिरगंज औद्योगिक करिडोरमा मुलुककै नमूना उद्योगहरु रहेको तर बन्दै गरेको पथलैया बिरगंज ६ लेनको सडक उद्योगमैत्री नहुँदा आगामी दिनमा समस्या आउने देखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्