
काठमाडौं, माघ ३० । नेकपा दाहाल–नेपाल पक्षले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने भएको छ ।
दाहाल–नेपाल पक्षले केन्द्रदेखि हरेक जिल्लालाई आफ्नो अनुकुलमा ‘जनयुद्ध दिवस’ मनाउन सर्कुलर गरेको छ ।
काठमाडौंको हकमा पार्टी कार्यालय पेरिसडाँडामा २६ औं ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरिएको छ ।
पार्टी कार्यालयमा हुने कार्यक्रमलाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्नु हुनेछ ।
तत्कालीन माओवादी पार्टीले २०५२ साल फागुन १ गते सशस्त्र युद्ध शुरु गरेको सम्झनामा उनीहरुले हरेक वर्ष दिवस मनाउने गरेका छन् ।
तत्कालीन एमाले र माओवादी पार्टीबीच एकता भएपछि भने जनआन्दोलन र ‘जनयुद्ध’का शहीदको सम्मानमा भन्दै फागुन १ गते मनाइएको थियो ।
यद्यपी गत वर्ष पनि प्रधानमन्त्री ओली जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुनु भएको थिएन ।
प्रतिक्रिया दिनुहोस्