१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भागरथी भट्टको हत्यारालाई तत्काल पक्राउ गर्न कांग्रेसको माग


0
Shares

काठमाडौं, माघ ३० । बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेसले हत्यारालाई पक्राउ गर्न प्रधानमन्त्री ओलीसँग माग गरेको हो ।

घटनाको अनुसन्धान तीव्र बनाउन, बलात्कार र हत्याका हरेक घटनामा राज्यको अस्तित्व प्रभावकारी बनाउन कांग्रेसले माग छ ।

बैतडीको दोगडाकेदारकी किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दोषी घटनाको दोस्रो साता प्रवेश गर्दासम्म पक्राउ नपर्नु, उनको शव अस्पतालमा रहिरहनु र परिवारजनले पिडामाथि पीडा भोग्नुको स्थितिलाई नेपाली कांग्रेसले दुःखद र गम्भीर रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ ।