२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रसुवागढी नाका फेरि पनि ठप्प


0
Shares

काठमाडौं, फागुन २ । कोरोनापछि प्रभावित हुँदै आएको नेपाल र चीनको मुख्य व्यापारिक नाका रसुवागढी फेरि पनि प्रभावित भएको छ ।

चिनियाँ भन्सार तर्फका श्रमीकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल चीन व्यापारिक नाका रसुवागढीबाट हुने आयात प्रभावित भएको हो ।

कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सिमित रुपमा भईरहेको आयात पनि बिहीबारबाट बन्द भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।

अझै १० दिन नाका प्रभावित हुन सक्ने उहाँले बताउनुभयो ।

कोरोनाकाकारण बन्द हुँदै खुल्दै गरेको रसुवागढी नाका गत कात्तिक १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।