
काठमाडौं, फागुन २ । नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको बताउनुभएको छ ।
नेकपा केन्द्रीय संघर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आफ्ना नेताहरुको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथलाई संकिर्ण राजनीतिक स्वार्थको निम्ति उपयोग गरिएको जिकिर गर्नुभयो ।
पशुपतिनाथ विश्वभरीका हिन्दुहरुको आराध्यदेव र आस्थाको केन्द्र भएकाले आफुहरुले सम्मान गर्ने उहाँको भनाई छ ।
श्रेष्ठले संवेदनशील विषयलाई तुच्छ स्वार्थको निम्ति दुरुपयोग नगर्न पनि उहाँले सम्बन्धित पक्षलाई अनुरोध गर्नुभयो ।
प्रवक्ता श्रेष्ठले आफुहरु सडकमा मात्रै नभई कानुनी मोर्चामा पनि संघर्ष गरिरहेको बताउनुभयो ।
सरकारले निर्वाचन गराउनको निम्ति निर्वाचनको मिति घोषणा गरेको होइन भन्ने कुरामा स्पष्ट हुन जरुरी रहेको उहाँको भनाई छ ।
संघर्ष सफल बनाएर संसद पुर्नस्थापना गर्नेपनि श्रेष्ठले दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्