१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जहाँ नेपाल त्यही एमाले : माधव नेपाल


0
Shares

काठमाडौं, फागुन २ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सबैको मुटु छामेको बताउनुभएको छ ।

७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको तर देशभर आगो लाग्ने स्थिति भएपछि सरकारले डराएर साँझ नै छाडेको उहाँले जिकिर गर्नुभयो ।

आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले झाँक्रीपछि आफु र दाहाललाई गिरफ्तार गर्ने योजना सरकारले बनाएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्दै उहाँले ओली तानाशाह बन्न खोजेको बताउनुभयो ।

उहाँले ओलीले प्रनिनिधिसभा विघटनसँगै पार्टी तोडेपछि पुराना एमालेहरू आफ्नो पक्षमा आउन आह्वान गरिरहेको भन्दै त्यसको चर्को प्रतिवाद गर्नुभयो ।

कोअर्डिनेशन केन्द्र, माले र एमाले बनाउने को भनेर ओलीलाई सोध्न अध्यक्ष नेपालले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

एमाले, एमाले मिल्ने हो भने केपी ओलीसँग मिल्ने होइन उनी बीमाले मात्र हुन् भन्दै उहाँले माधव नेपाल जहाँ उभिएको छ त्यहाँ एमाले रहेको जिकिर गर्नुभयो ।

ओलीले दाहाललाई भर्‍याङको रूपमा प्रयोग गरेको भन्दै अध्यक्ष नेपालले प्रधानमन्त्री भइसकेपछि पुक्क लात्ताले हानेर जतासुकै जा भनेको आरोप लगाउनुभयो ।