
पोखरा, फागुन २ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पत्रकारहरुलाई पेसागत दक्षता र विचारमा प्रष्ट हुन आग्रह गर्नुभएको छ ।
ओली निकट प्रेस संगठन नेपाल गण्डकी प्रदेश भेलालाई पोखरामा सम्बोधन गर्दै उहाँले पत्रकारहरुले व्यवसायिक दक्षतामा ध्यान नदिई मिसन पत्रकारितामा लागेको आरोप लगाउनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरु पेशागत दक्षताको विकाससंगै विचारमा जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभयो ।
उहाँले सरकारले तीन बर्षे कार्यकालमा गरेका उपलव्धिलाई जनता समक्ष पुर्याउन मिडियामार्फत भूमिका खेल्न आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कोपी ओली नेतृत्वकै नेकपा आधिकारी भएकाले सूर्य चिन्ह वाहिर नजाने बताउँदै निर्वाचनमा जुट्न सवैलाई आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश आर्थिक मामिला तथा विकास मन्त्री किरण गुरुङले जनाधार बलियो भएको पार्टीमा केही मान्छे बाहिरिँदैमा असर नपर्ने जिकिर गर्नुभयो ।
गण्डकी प्रदेश सह–ईन्चार्ज खगराज अधिकारीले लोकतन्त्रमा निर्वाचन सर्वोत्तम विधि भएको बताउँदै निर्वाचनको तयारीस्वरुप पार्टीले देशव्यापी जनप्रदर्शन गरिरहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्