३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


राष्ट्र बैंकले गर्‍यो कर्जा पुर्नतालिकिकरण


0
Shares

काठमाडौं, फागुन २ । नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित भई ऋणको पुनर्तालिकीकरण नगरेका र ब्याज समेत नतिरेका ऋणीहरुलाई थप सहुलियत घोषणा गरेको छ ।

मौद्रिक नीतिको अर्थ बार्षिक समीक्षा गर्दै नेपाल राष्ट्रबैंकले आइतबार आगामी असार मसान्तभित्र बक्यौता ब्याजको न्युनतम ५ प्रतिशत चुक्ता गरेर पुनर्तालिकीकरणको सुविधा दिने व्यवस्था गरिएको बताएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत पुस मसान्तसम्ममा बक्यौताको १० प्रतिशत ब्याज बुझाएर पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरिएकोमा कतिपय व्यावसायीले ब्याज समेत बुझाउन नसकेकाले नयाँ व्यवस्था गरिएको बताउनुभयो ।

आगामी असार मसान्तमा ब्यावसायीहरुले लिखित कार्ययोजना पेस गरेमा न्युनतम् ५ प्रतिशत ब्याज बुझाएर पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै १० मेगावाट सम्मका विद्युत आयोजनाहरुलाई पनि विशेष पुनर्कर्जाको व्यवस्था गरिने पनि गभर्नर अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेका अन्य व्यवस्थाहरु भने यथावत् राखेको छ ।

बैंक तथा वित्तीय संस्थाले तोकिएका क्षेत्र र वर्गमा प्रवाह गर्नुपर्ने कर्जा लक्षित क्षेत्र र वर्गले प्राप्त गरे नगरेको सम्बन्धमा विशेष अनुगमन गरी उक्त ऋण दुरुपयोग गरेको पाइएमा सम्बन्धितलाई गरिने कारवाहीलाई थप प्रभावकारी बनाइने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ ।

यस्तै राष्ट्र बैंकले विद्युतीय भुक्तानी कारोबार प्रोत्साहित गर्न कारोबारको सीमामा समयानुकूल पुनरावलोकन गर्दै लगायतका विद्युतीय कारोबारको प्रवद्र्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था जनाएको छ ।

आयात गर्दा प्रदान गरिने विदेशी मुद्रा सटहीको विद्यमान सीमामा आवश्यकता अनुसार पुनरावलोकन गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले अधिकाशं नीति भने यथावत् नै राखेको छ ।