१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


टिभिएसको एनटर्क सुपरस्क्वाड स्कुटर नेपाली बजारमा


0
Shares

काठमाडौं, फागुन २ । जगदम्बा मोटर्सले अत्याधुनिक विशेषता सहितको टिभिएस एनटर्क सुपरस्क्वाड स्कुटर नेपाली बजारमा भित्राएको छ ।

मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभिएस कम्पनीले डिज्नी ईन्डियाको उपभोक्ता व्यवसायसँग सहकार्र्य गरि यो स्कुटर नेपाली बजार प्रवेश गराएको हो ।

कम्पनीले आइतबार काठमाडौंमा एक कार्यक्रम गरी स्कुटरको बजार प्रवेश गराएको हो ।

जगदम्बा मोटर्सका उपाध्यक्ष्य दिपक अग्रवालले टिभिएस यस स्कुटरमा नभएको ब्लुटुथ टेक्नोलोजी तथा अन्य प्रविधिले ग्राहकलाई सहज बनाउने बताउनुभयो ।

यी स्कुटरको बजार मुल्य २ लाख ६६ हजार कायम गरिएको छ ।

उत्कृष्ट डिजाईन र अत्याधुनिक विशेषता सहितका यी स्कुटर छिटै नै युवाहरुको रोजाईमा पर्ने कम्पनीको विश्वास छ ।