
काठमाडौं, फागुन ३ । नेपाल धितोपत्र बोर्डले शेयर खरिद बिक्रीमा विद्युतीय भुक्तानीको सीमा हटाउने संकेत गरेको छ ।
हाल शेयर बजारमा विद्युतीय तथा मोबाइल बैंकिङ प्रणालीबाट हुने कारोबारको सीमा १० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गरिरहेको भन्दै बोर्डले शेयर कारोबारमा सीमा नलाग्ने गर्न केन्द्रिय बैक समक्ष अनुरोध गरेको जनाएको छ ।
गत असारमा राष्ट्र बैंकले शेयर कारोबारको मोबाइल बैंकिङमार्फत् भुक्तानी गर्दा प्रतिपटक १ लाख र इन्टरनेट बैंकिङमार्फत भुक्तानी गर्दा प्रतिपटक १० लाख रुपैयाँ भुक्तानी गर्न सकिने व्यवस्था गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्