१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


व्यवसाय पुनरुत्थान गर्न सहयोग गर्ने मौद्रिक नीति


0
Shares

काठमाडौं, फागुन ३ । मौद्रिक नीति समीक्षाको निजी क्षेत्रले स्वागत गरेको छ ।

सिथिल भएको व्यवसाय पुनरुत्थान गर्न सहयोग गर्ने भन्दै राष्ट्र बैंकले गरेको मौद्रिकनीतिको अर्धवार्षिक समिक्षालाई नेपाल उद्योग परिसंघले स्वागत गरेको हो ।

अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ध्यानदिएको परिसंघको विश्लेषण छ ।

कर्जाको व्याज दरलाई वान्छित सीमामा राखि व्यवसायलाई सहज वातावरण बनाउन खोजिएको समेत परिसंघको बुझाइ छ ।

कोभिडका समयमा गरिएको कर्जाका विशेष व्यवस्था, कर्जा पुनरतालिकिकरण गर्न पाउने समयमा थप जस्ता कदमले व्यवसाय पुनरुत्थानहुदै दीगो समेत रहने परिसंघको विश्वास छ ।