
काठमाडौं,फागुन ४ । निरन्तर उचाईको नयाँ रेकर्ड कायम गरेको शेयर बजार परिसूचक नेप्सेमा मंगलबार पुनः नयाँ रेकर्ड कायम भयो ।
उतारचढावबीच बजार परिसूचक नेप्सेमा १५ अंकको सुधार आई २६ सय १ बिन्दुमा पुग्यो ।
यसदिन कारोबार भएका आधा समुह उकालो लागे भने आधा रातो ।
उत्पादनमुलक समुह सबैभन्दा बढी १ सय ११ अंकले ओरालो लाग्दा व्यापार, होटल, जलविद्युत, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा समूह दोहोरो अंकले ओरालो लागे ।
बैंकिङ समूह, सामुहिक लगानी कोष र अन्य समुहमा भने दोहोरो अंकको सुधार आयो ।
यसदिन १ सय १७ कम्पनीका लगानीकर्ताले गुमाउँदा ५३ कम्पनीको शेयर मुल्य बढ्यो ।
यसदिन चन्द्रागिरि हिल्स लिमिटेडले सबैभन्दा बढि कमाउँदा साधना लघुवित्त वित्तिय संस्थाका शेयरधनीले सबैभन्दा बढी गुमाए ।
२ सय ८ कम्पनीको १ करोड ७७ लाख कित्ता शेयर ९ अर्ब ९३ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्