१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


सोलुखुम्बुका दुर्गम गाउँमा ‘फोर जी’ सेवा


0
Shares

सोलुखुम्बु, फागुन ४ । सोलुखुम्बुका दुर्गम गाउँमा पनि नेपाल टेलिकमले फोर जी सेवा पुगेको छ ।

फोर जी सञ्चालनमा आएपछि इन्टरनेट तिव्र गतिमा चलाउन पाएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।

सोलुखुम्बुको सोताङमा निर्माण गरिएको फोरलेग टावरबाट सोलुखुम्बुकै दुर्गम मानिने दूधकोशी पारि पहिलो पटक नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेको हो ।

फोर जी सेवासँगै ईन्टरनेटबाट हुने कामहरु सजिलो हुने छ ।

उक्त टावरबाट सोताङ, माप्यदूधकोशी गाउँपालिकाका अधिकांश क्षेत्र र थुलुङ दूधकोशी गाउँपालिकाका विभिन्न क्षेत्रमा फोर जी सेवा विस्तार भएको छ ।

त्यस्तै, थुलुङदूधकोशी गाउँपालिकाको कागेलडाँडामा निर्माण गरिएको टावरबाट पनि फोरजी सेवा सुरु भएपछि तल्लो क्षेत्रमा इन्टरनेट चलाउन सहज भएको छ ।

हालसम्म सोलुखुुम्बुको सदरमुकाम सल्लेरी, सोताङ, काँगेल र पत्तालेबाट फोरजी सेवा सञ्चालनमा रहेको थियो ।

नेचासल्यानको थामडाँडाबाट पनि चाँडै फोरजी सेवा सञ्चालनमा ल्याउने नेपाल टेलिकम सोलुखुम्बु शाखा प्रमुख मोहम्मद अकबर अलिले जानकारी दिनुभयो ।