
काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ३ वर्षे कार्यकाल उपलब्धीमूलक भएको दाबी गर्नुभएको छ ।
कोभिडले केही मुलुकको आर्थिक वृद्धि नकारात्मक हुँदा पनि सरकारको सुझबुझ, नीतिगत स्पष्टताका कारण नेपाल भने मन्दीमा नपरेको दाबी गर्दै ३ वर्षको आर्थिक वृद्धि साढे ५ प्रतिशतको हाराहारीमा रहेको दाबी गर्नुभयो ।
गएको बर्ष २ दशलम ३ प्रतिशतमा सिमित रहेको आर्थिक बृद्धि गत बर्ष सार्वजनिक नै नगर्ने सरकारका प्रधानमन्त्रीले आगामी बर्ष दोहोरो अंकको आर्थिक बृद्धि हासिल गर्ने सम्भावना देखिएको बताउनुभएको छ ।
चालु आर्थिक वर्षको ७ महिनामा विकास खर्च जम्मा १८ प्रतिशत भएको छ ।
राष्ट्रिय गौरवका आयोजनाका भौतिक प्रगति ५० प्रतिशत भन्दा पनि कम छ ।
कोभिडका कारण थला परेका उद्योग अझै पूर्ण रुपमा चल्न सकेका छैनन् ।
कोभिडकै कारण देशभित्रै र बाहिर रोजगारी गुमाउनेको संख्या १७ लाख बढि छ ।
पछिल्लो समय थप राजनीतिक अस्थिरताले लगानीकर्तामा अन्योल बढको छ ।
यो अवस्थामा प्रधानमन्त्रीको दाबी खोक्रो साबित हुने अर्थविद्हरुको विश्लेषण छ ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदिशचन्द्र पोख्रेल यो आर्थिक वर्षमा उच्च अंकको बृद्धि सम्भवै नभएको बताउनुहुन्छ ।
मुलुुुुुुकमा जतिसुकै राजनीतिक परिवर्तन भएपनि जनजिविकाको मुल मुद्दामा कुनैपनि नेतृत्व केन्द्रित हुन नसकेको भान हुन्छ ।
जनताले महत्वाकांक्षी योजना भन्दापनि आफ्नो जीवनस्तरमा विकास खोज्नेगर्दछ ।
तर सपना ठुला काम शुन्यको अवस्थाले जनतामा थप नैराश्य पैदा हुनसक्नेप्रति राजनीतिक नेतृत्व सचेत हुनुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्