२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


टाउको र हात काटिएको अवस्थामा बच्चा फेला


0
Shares

पोखरा, फागुन ४ । पोखराको नदिपुरमा काटिएको अवस्थामा बच्चाको टाउको र हातको पञ्जा भेटिएको छ ।

पोखरा महानगरपालिका ३, नदिपुरमा मंगलबार बिहानै बच्चाको टाउको र पञ्जा फेला परेको हो ।

नदिपुर भिसी मार्ग नजिकै एक साइकल यात्रीले करिब बिहान बजेको समयमा प्रहरीलाई खबर गरेका थिए ।

नदिपुुर भिसीमार्ग नजिकै पिच रोडको विच भागमा टाउको र नजिकै पसल छेउमा हातको पञ्जा भेट्टीएको प्रहरीले जनाएको छ ।

स्थानीय होटल व्यवसायीले आफु विहान पसल खोल्दा पसल अगाडी मानिसहरु जम्मा हुँदा थाहा पाएको र बच्चाको टाउको पसल अगाडि र हातको पञ्जा झ्यालमो छेउमा देखेको बताइन् ।

बच्चाको आखा र कानको विच भागमा ठूलो घाउ देखिदा बच्चाको टाउको काटी हत्या गरिएको स्थानीयले आशंका व्यक्त गरेका छन ।