१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बिरामीमाथि बढ्यो आर्थिक चाप, अब चिकित्सकले बिरामी जाँच्दाको शुल्क ८ सय २५ रुपैयाँसम्म लिने


0
Shares

काठमाडौं, फागुन ५ । चिकित्सकहरुले बुधबारदेखि आफूले जाँच्ने विरामीको शुल्क बढाएका छन् ।

नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार विज्ञप्ति निकाली डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने शुल्क बढाएको जानकारी दिएको हो ।

संघ र अफिनका अनुसार बढाइएको शुल्क बुधबारदेखि नै लागु गरिने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग माघ ४ गते चिकित्सकहरूको परामर्श शुल्क ३० दिनभित्रमा लागू गर्ने प्रतिबद्धता जनाएको थियो ।

नेपाल राष्ट्र बैंकको मुद्रास्फिती तथा शुल्क परामर्श समितिको सिफारिश अनुसार नयाँ परामर्श शुल्क तोकेको संघ र अफिनको भनाइ छ ।

जसअनुसार अब, पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्षभन्दा बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० तथा एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरको शुल्क ८ सय २५ हुनेछ ।