१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


0
Shares

चितवन, फागुन ५ । चितवनको माडी इन्द्रबस्तीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा माडी– ८ इन्द्रबस्तीका २२ वर्षीय मनोज सुनारको मृत्यु भएको हो ।

ट्याक्टरले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

माडी नगरपालिका– ८ स्थित टुनामुना खोला सिरानमा ढुङ्गा उठाउन गएको ना. ५ त. ३०४५ नम्बरको ट्याक्टर दुघर्टनामा परेको हो ।