
काठमाडौं, फागुन ५ । चिकित्सकले लिदैं आएको बहिंरग (ओपिडी ) सेवा शुल्क वृद्धि भएको छ ।
नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को बुधबार बसेको बैठकले चिकित्सकको अनुभवको आधारमा एक बिरामी बराबर ३ सय ७० देखि ८ सय २५ रुपैयाँसम्म शुल्क तोकिएको हो ।
संघका अध्यक्ष डा. लोचन कार्कीले ६ बर्ष देखि चिकित्सकले लिने परामर्श शुल्क परिमार्जन नभएकामा स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरी शुल्क वृद्धि गरिएको जानकारी दिनुभयो ।
शुल्क समायोजन पश्चात निजी अस्पतालले मनोमानी रुपमा लिदै आएको शुल्क नियन्त्रण हुनमा समेत सहयोग पुग्ने डा. कार्कीको दाबी छ ।
कोही चिकित्सकले तोकिएको भन्दा बढी शुल्क लिएको उजुरी परे कारवाही समेत गरिने उहाँले दावी गर्नुभयो ।
नयाँ शुल्क अनुसार ५ बर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बिडिएसका चिकित्सकले ३ सय ७० र ५ बर्ष भन्दा बढी अनुभव भएकाले ४ सय ५० रुपैयाँसम्म शुल्क लिनसक्ने भएका छन् ।
एमडि, एमएसमा ५ बर्ष भन्दा कम र बढी अनुभव भएकाले क्रमश ६ सय ६० र ७ सयसम्म तथा १० बर्ष भन्दा बढी अनुभव भएका चिकित्सकले ८ सय २५ रुपैयाँसम्म शुल्क लिन पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्