१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रहरीले सुरु गर्‍यो ‘बुस्टिङ प्रोफेस्नालिजम क्याम्पियन’


0
Shares

सोलुखुम्बु, फागुन ५ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि नवप्रवद्र्धनात्मक कार्यक्रम शुरु गरेको छ ।

प्रहरी जनशक्तिलाई अझ बढी व्यवसायिक, ईमान्दार, कर्तव्यनिष्ठ, लगनशील बनाउदै सेवा प्रवाह गर्न ‘बुस्टिङ प्रोफेस्नालिजम क्याम्पियन’ शुरु गरिएको कार्यालयले लनाएको छ ।

शुरुमा आर्थिक रुपले सदाचारी बनाउन प्रशिक्षण दिइएको र अब क्रमशः विभिन्न व्यवसायिक कुशलता वृद्धि गर्ने खालका कार्यक्रमहरु गर्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोलुखुम्बु पर्यटकीय जिल्ला भएकाले आधारभूत रुपमा अंग्रेजी बोल्न र फर्काउन सक्ने भाषिक तालिम दिने, पुस्तकालय स्थापना गरी अध्ययनशिल बनाउने र प्रहरीले गर्नुपर्ने पेशागत सीपका लागि आवश्यक प्रशिक्षण क्रमशः दिइनेछ ।

यस कार्यक्रमले प्रहरी कर्मचारीहरुलाई आफ्नो पेसाप्रति आत्मविश्वासी बनाई उत्कृष्ट कार्यसम्पादन गर्न उत्प्रेरणा प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।