१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभामुख सम्पर्कविहीन भएपछि उपसभामुख तामाङलाई विरोधपत्र


0
Shares

हेटौंडा, फागुन ५ । संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले सभामुख सानु श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै उपसभामुख राधिका तामाङलाई विरोध पत्र बुझाउनु भएको छ ।

बागमति प्रदेशसभाको बैठक फेरि पनि स्थगित गरिएपछि नेकपाको दाहाल-नेपाल समूहको संसदीय दलले प्रदेशका उपसभामुखलाई विरोध पत्र बुझाएको हो।

उपसभामुख तामाङले विरोधपत्र प्रदेशसभाका सचिव कृष्णहरि खड्कालाई दिनुभएको हो ।

विरोधपत्र बुझाएपछि प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै दाहाल–नेपाल समूह संसदीय दलकी नेतृ शाक्यले मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानु श्रेष्ठको रवैया ठीक नदेखिएको आरोप लगाउनुभयो ।