
काठमाडौं, फागुन ५ । महिला राष्ट्रिय लिग फुटबलको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।
सत्प्रतिशत नतिजा हासिल गर्ने एकमात्र सशस्त्रले आफ्नो ११ औं खेलमा बुधबार विराटनगर महानगरपालिकालाई १/० ले पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा सशस्त्रलाई जिताउन अनिता केसीले निर्णायक गोल गरिन् ।
दुई खेलअघि नै च्याम्पियन बनेको सशस्त्रको ११ खेलमा ३३ अंक रहेको छ ।
बुधबारै भएको खेलमा दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग १÷१ गोलको बराबरी खेलेपछि सशस्त्र दुई खेलअघि नै उपाधि जित्न सफल भएको थियो ।
आर्मीका लागि रश्मी घिसिङ र पुलिसका लागि अमृता जैसीले गोल गरिन् ।
यो खेलसँगै उपविजेतामा समेटिएको दोस्रो स्थानको आर्मीको ११ खेलमा २६ अंक भएको छ ।
लिग सकाइसकेको तेस्रो स्थानको विराटनगरको १६ अंक छ भने चौथो पुलिसको १५ अंक छ ।
लिग शुक्रबार सकिँदै छ । तेस्रो स्थानका लागि भिडन्त रोचक भइरहँदा शुक्रबारको पहिलो खेलमा पुलिसले पुछारको चौदण्डीगढी नगरपालिकासँग खेल्दैछ ।
जारी लिगकै अन्तिम खेलमा सशस्त्रले आर्मीसँग दशरथ रंगशालामा खेल्दैछ ।
प्रतिक्रिया दिनुहोस्