१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धेरै करले महंगो भयो नेपालमा इन्टरनेट


0
Shares

काठमाडौं, फागुन ५ । सरकारले इन्टरनेटमा धेरै कर लगाउँदा इन्टरनेट महंगो हुन पुगेको गुनासो सरोकारवालाले गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरण : मुद्दा र चुनौतिहरु बिषयक अन्तक्र्रिया कार्यक्रममा विज्ञहरुले नेपालमा इन्टरनेटमा लगाइने कर अत्याधिक भएको गुनासो गरेका हुन् ।

सरकारले अत्यावश्यक सेवाको सूचीमा राखे पनि इन्टरनेटमा धेरै कर लगाउँदा यो सर्वसुलभ हुन नसकेको उनीहरुको गुनासो छ ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) अध्यक्ष सुधीर पराजुलीले सरकारले अन्य अत्यावश्यक वस्तुमा कर नलगाएको भए पनि इन्टरनेटमा भने कर लगाउनु विडम्बना भएको टिप्पणी गर्नुभयो ।

‘अरु अत्यावश्यक सेवामा कर नलाग्ने तर इन्टरनेटमा लाग्ने किन ?,’ उनले भने,‘सरकार इन्टरनेटमा कर थोपरेर महंगो बनाउन उद्यत छ ।’

इन्टरनेट वितरणको लागि पूर्वाधार सहप्रयोग नहुदा पनि इन्टरनेटको लागत महंगिएको उनले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले ब्रोडव्याण्ड इन्टरनेटको विस्तार १० प्रतिशलते बढ्दा यसले कूल ग्रार्हस्थ उत्पादनमा १ दशमलब ३ प्रतिशतले योगदान गर्ने दृटान्त प्रस्तुत गर्दै सरकारले इन्टरनेटको लागत वार्षिक प्रतिव्यक्ति आयको ५ प्रतिशतमा झार्न प्रयास गरिरहेको दाबी गरे ।