
काठमाडौं, फागुन ५ । दिल्लीको एक अदालतले आपराधिक मानहानी मुद्दामा पत्रकार प्रिया रमानीलाई निर्दोष सावित गरेको छ ।
यौन उत्पीडनको आरोप लगाइएपछि पूर्व केन्द्रीय मन्त्री एमजे अकबरले दायर गरेको आपराधिक मानहानी मुद्दामा अदालतले प्रिया रमानीलाइ दोषी देखाउन अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पत्रकार प्रिया रमानीले सन् २०१८मा मीटू अभियानको क्रममा पूर्व केन्द्रीय मन्त्री एमजे अबकरमाथि यौन शोषणको आरोप लगाएकी थिइन् ।
अदालतको फैसलामा यौन शोषणले आत्मसम्मान तथा आत्मविश्वासलाई समाप्त पारिदिन्छ भनिएको छ ।
त्यसैगरी कुनै पनि व्यक्तिको प्रतिष्ठाको सुरक्षा कसैको सम्मानको मूल्यमा गर्न सकिँदैन फैसलामा उल्लेख छ ।
यस्तै अदालतले महिलासँग दशकौ पछि पनि आफ्नो गुनासो राख्ने अधिकार रहेको भन्दै सामाजिक प्रतिष्ठावाला व्यक्ति पनि यौन शोषण गर्न सक्ने स्पष्ट पारेको छ ।
प्रिया रमानीले एमजे अकबरले मुम्बईको होटल ओबरायमा डिसेम्बर १९९३ मा जागिरको लागि अन्तर्वार्ता दिन जाँदा यौन शोषण गरेको आरोप लगाएकी थिइन ।
मिटू अभियानका क्रममा झण्डै २० महिला पत्रकारले अकबरउपर यौन उत्पीडनको आरोप लगाएका थिए ।
उनीहरुले अकबर द एसियन एज र अन्य अखबारको संपादक रहने क्रममा उनले यौन शोषण गरेको बताएका थिए ।
आफुमाथि आरोप लागेपछि अकबरले सन् २०१८मा केन्द्रीय मन्त्रीमण्डलबाट राजीनामा दिएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्