कलाकार मानन्धरको एकल चित्रकला प्रदर्शनी

news

काठमाडौं, भदौ २० । वरिष्ठ कलाकार किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ ।

‘आत्मा’ शीर्षकमा कलाकार मानन्धरले सिर्जना गरेका चित्रकला प्रदर्शनीको उद्योगपति विनोद चौधरीले उद्घाट्न गरे ।

उद्योगपति चौधरीले कलाकार देशका गहना भएको भन्दै सर्जकहरुको सम्मान र सिर्जनाको उचित विकास हुनुपर्ने बताए ।

वरिष्ठ चिकित्सक भगवान कोइरालाले कला र सिर्जनाहरुको विकास हुनुपर्नेमा जोड दिए ।

कलाकार मानन्धरले आफ्नो मन आत्माको गहिराइमा भएको रङमार्फत् अभिव्यक्त गरेको बताए ।

प्रदर्शनीमा २० ओटा चित्रकला राखिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...