
काठमाडौं, फागुन ६ । साताको अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको सुधार आई नेप्से परिसुचकमा नयाँ कीर्तिमानी कायम भएको छ ।
बिहीबार सेयर कारोबार मापक अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा नेप्से परिसूचक दोहोरो अंकले बढेको हो ।
बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले वृद्धि भएको छ ।
कारोबार रकम ८ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ ।
बिहीबार सबैभन्दा धेरै व्यापार समूहको सबइन्डेक्स बढेको छ ।
यो समूहको सबइन्डेक्स २.४५ प्रतिशतले बढेको छ भने विकास बैंक २.३३ अंकले बढेको छ ।
बैंकिङ सबइन्डेक्स पनि १.२२ प्रतिशतले बढेको छ ।
केहि दिन यता बैंकिङ क्षेत्रमा देखिदै आएको लगानीकर्ताको आकर्षण आज पनि कायमै रह्यो ।
बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरु बढेर हरियाली देखिँदा बीमा र लघुवित्तहरुको सबइन्डेक्स घटेर राताम्मे देखिए ।
बिहीबार कारोबार रकम पनि ९ अर्ब रुपैयाँ नजिक पुगेको छ ।
निर्जिवन बीमा समूहको सबइन्डेक्स भने ०.३८ प्रतिशतले घटेको छ भने जीवन बिमाको ०.६२ प्रतिशतले घटेको छ ।
लघुवित्त समूह पनि ०.५९ अंकले घटेको छ ।
यसदिन ८४ कम्पनीको सेयर मुल्य बढ्दा ७८ कम्पनीको सेयर मुल्य घट्यो ।
बिहीबार नेपाल हाईड्रो डेपलपर्स लिमिटेडले कमाउँदा मिर्मिरे लघुवित्त विकास बैंकका शेयर लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे ।
यसदिन २ सय ५ कम्पनीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्