
काठमाडौं, फागुन ६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकले बिरामी चेकजाँच गरे वापतको शुल्क वृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल चिकित्सक संघ र निजी अस्पतालहरुको छाता संगठन अफिनले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै चिकित्सकको परामर्श शुल्क बढाउने निर्णय गरेका थिए ।
जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयको सहमती बिना एकलौटी रुपमा शुल्क वृद्धि गरेकोमा मन्त्रालयको सहमति नरहेको बताउनुभयो ।
मन्त्रालयले २०७१ सालमा निर्धारण गरिएको शुल्क नै कायम गर्न गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।
नेपाल चिकित्सक संघ र अफिनले चिकित्सकको कार्यअनुभवको आधारमा ३ सय ७० देखि ८ सय २५ रुपैयाँसम्म शुल्क लिन पाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्