
काठमाडौं, फागुन ६ । प्रजातन्त्र दिवसको अवसरमा करिब ६ सय कैदी रिहा हुने भएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा हरेक वर्ष कैद मिनाहा गर्दै आएको सरकारले यो वर्ष करिब ६ सय जनालाई रिहा गर्ने तयारी गरेको कागागार व्यवस्थापन विभागका प्रमुख द्रोण पोखरेलले जानकारी दिनुभयो ।
असल चाल–चलन भएका, वृद्धवृद्धालगायत ६ सय जना कैदीको कैद मिनाहा हुनुपर्ने भन्दै गृह मन्त्रालयमा सिफारिस गरिएको जानकारी दिनुभयो ।
गृहमा पुगेको उक्त सिफारिस मन्त्रिपरिषद्बाट पास भएपछि राष्ट्रपतिले कैद मिनाहा गर्ने व्यवस्था छ ।
यो बाहेक अन्य अपराधको हकमा ५० प्रतिशत कैद भुक्तान गरिसकेको अवस्थामा सरकारको सिफारिसमा कैद मिनाहा गर्न सक्ने प्रावधान छ ।
यसअघि सरकारले सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्