१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारको नीति परिवर्तको असर पर्यटनमा


0
Shares

काठमाडौं, फागुन ६ । नेपाल पर्यटन बोर्डले सरकारले पटक-पटक नीति परिवर्तन गर्दा पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको गुनासो गरेको छ ।

सरकारले पर्यटन सम्बन्धी नीति बनाउँदा ध्यान नदिने तथा उच्च प्रशासकहरुको बारम्बार सरुवा गरिरहने गर्दा समस्या परेको उसको भनाइ छ ।

पर्यटन व्यवसायीहरुले कोभिडका कारण थला परेको पर्यटन क्षेत्रको पुर्नउत्थानमा सरकारले वेवास्ता गरेको गुनासो गरेका छन् ।

सरकारले प्रभावित व्यवसायीका लागि विभिन्न सहुलियतका कार्यक्रम सार्वजनिक गरेपनि लक्षित वर्गले प्राप्त गर्न नसक्दा अन्य क्षेत्र चलायमान भएपनि पर्यटन क्षेत्र उत्साही हुन नसकेको उनिहरुको गुनासो छ ।

पैसा तिरेर नेपाल आउन चाहने पर्यटकका लागि सरकारले कोभिडको बहानामा अप्ठ्यारा व्यवस्था लादेर यस क्षेत्रलाई नै उठ्न समस्या भैरहेको उनीहरुको भनाइ छ ।