
काठमाडौं, फागुन ७ । काठमाडौं प्रहरीले हत्यामा आरोपमा चार जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रामेछापको लिखु तामाकोशी गाउपालिका–३ का १८ वर्षीय विशाल तामाङ, सन्तोष तामाङ, सन्त कुमार तामाङ र २० वर्षीय लाक्पा तामाङ छन् ।
यही फागुन १ गते काठमाडौंको गुहेश्वरी मन्दिर नजिकै वाग्मती नदीमा मृत अवस्थामा फेला परेका काठमाडौं–७ का ४९ वर्षीय रजुनमान श्रेष्ठको हत्याको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
गाडी सिक्न वाग्मती करिडोर पुगेका श्रेष्ठलाई उनीहरुले कुटपिट गरी खोलामा फ्याँकेको अनुसन्धानबाट खुलेको महानगरिय प्रहरी परिसर काठमाडौका प्रमुख अशोक सिहले बताउनुभयो ।
आरोपीहरु मध्ये ३ जनालाई नयाँ बसपार्क र विशाल तामाङलाई नयाँबस्तीको डेराबाट नियन्त्रणमा लिइएको हो ।
श्रेष्ठ हरेक बिहान ३ देखि साढे ३ को बीचमा गाडी लिएर सिक्नका लागि बाग्मती करिडोर जाने गरेकोमा सो दिन भने राती १२ बजे गएका थिए ।
चावहिलको बेबिलोन डिस्कोबाट पैदलै घर जाँदै गरेका युवाहरु र श्रेष्ठको भेट भएको र श्रेष्ठलार्य लुट्ने उद्धेश्यले उनीहरुले आक्रमण गरेको प्रहरीको भनाइ छ ।
श्रेष्ठको मोवाईल विशाल तामाङ्गले लिएको र सोही मोबाइलको आधारमा उनीहरुलाई पक्राउ गर्न सम्भव भएको काठमाडौ प्रहरी प्रमुख सिहले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्