२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रदेश २ का प्रमुख बर्खास्तप्रति कांग्रेसको आपत्ति


0
Shares

काठमाडौं, फागुन ७ । प्रदेश २ का प्रमुख बर्खास्तप्रति कांग्रेसले आपत्ति जनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश २ का प्रमुख तिलक परियारलाई शुक्रबार बर्खास्त गर्नुभएको थियो ।

प्रदेश प्रमुख बर्खास्तलाई कांग्रेसले प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारिता भनेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले नैतिक आचरण गुमाउँदै गएको टिप्पणी गर्नुभएको छ ।