८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


सङ्घीय व्यवस्थाको विकल्प छैन : मुख्यमन्त्री भट्ट


0
Shares

कैलाली, फागुन ७ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि सङ्घीय व्यवस्थाको विकल्प नरहेको बताउनुभएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार प्रदेश सरकारले तीन वर्षको अवधिमा हासिल गरेका उपलब्धि सार्वजनिक गर्दै उहाँले यही व्यवस्थामा मात्रै विकासको लक्ष पूरा हुने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री भट्टले केही मान्छेले अहिलेको व्यवस्था ठिक नभएको र प्रदेश नै आवश्यक नभएको जस्ता भ्रम सृजना गरिरहेको बताउनुभयो ।

जनताको चाहनाअनुसार नै अहिलेको व्यवस्था ल्याइएको भन्दै नयाँ तरिकाले काम गरेमा विकास गर्न सकिने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री भट्टले प्राकृतिक स्रोतहरुको व्यवस्थापन, संरचना निर्माण जस्ता योजना प्रदेश सरकारले अगाडि बढाएको बताउनुभयो ।