१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोनाविरुद्धको खोप अभियान रोकिँदैन : स्वास्थ्यमन्त्री


0
Shares

काठमाडौं, फागुन ७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोपको अभावमा खोप अभियान नरोकिने बताउनुभएको छ ।

स्टार अस्पतालको शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआईसियु) को उद्घाटन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले सरकारले विभिन्न ठाउँबाट खोप अनुदानमा आईरहेको र सरकारले किन्ने प्रक्रिया पनि अघि बढाएकाले खोपको अभाव नहुने बताउनुभयो ।

२० लाख डोज खोप २ हप्ता भित्रै नेपाल आईपुग्ने जानकारी दिदै उहाँले कोभ्याक्स अन्तर्गतको २२ लाख ५५ हजार खोप पनि छिट्टै आउने बताउनुभयो ।

मन्त्री त्रिपाठीले फागुन २३ गतेबाट जेष्ठ नागरिकलाई पनि खोप दिइने जानकारी दिनुभयो ।

सो अवसरमा स्टार अस्पतालका कार्यकारी निर्देशक किशोर महर्जनले देशैभरी बढिरहेको उच्च शिशु मृत्युदर रोक्नुपर्ने भन्दै ९ सय ५० भन्दा बढि शिशु सघन स्याहार तथा उपचार कक्ष आवाश्यक रहेको बताउनुभयो ।

शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआईसियु) स्थापना गरेको स्टार अस्पताल ख वर्गबाट क वर्गमा स्तरोन्नती समेत भएको छ ।