१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निर्वाचन आयोगको तयारी राम्रो देखिएन : प्रधानमन्त्री


0
Shares

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताउनुभएको हो ।

जनताले निर्वाचन आयोगको तयारी थाहा नपाएको भन्दै उहाँले आयोगले जनताले थाहा पाउने गरी समयमै निर्वाचन गर्न तयारी गर्नुपर्नेे बताउनुभयो ।

प्रतिनिधि सभा विघटन गरेको भोलिपल्टै निर्वाचन आयोगलाई चुनावको तयारी थाल्न आग्रह गरे पनि अहिलेसम्म कार्यतालिका नै प्रकाशित नभएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

निर्वाचनको पक्षमा कुनै पनि षड्यन्त्र नहोस् भन्ने पक्षमा आफु रहेको भन्दै प्रधानमन्त्री ओलीले चुनाव हुँदैमा लोकतन्त्र समाप्त नहुने जिकिर गर्नुभयो ।