१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिनिधिसभा विघटन असामान्य : सिके राउत


0
Shares

भैरहवा, फागुन ९ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रतिनिधिसभा विघटनको घटनालाई पार्टीले असामान्य रुपमा लिएको बताउनु भएको छ ।

उहाँले विघटनलाई असामान्य तथा बाध्यात्मक परिस्थितिको रुपमा लिएको बताउँदै सर्वोच्च अदालतको फैसला पर्खेर बसेको बताउनुभयो ।

लुम्बिनी प्रेस क्लव रुपन्देहीले भैरहवामा आइतबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राउतले निर्वाचन भए आफ्नो निर्वाचनमा भाग लिने बताउनुभयो ।

मुलुकमा दुई तिहाईको बहुमतको सरकार आए पनि विकास नहुनु दूर्भाग्यपूर्ण भन्दै अध्यक्ष राउतले सरकार जनताको काममा भन्दा पनि आफ्नो बचाउमा लागेको उल्लेख गर्नुभयो ।