
काठमाडौं, फागुन ९ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्वको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।
नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो ।
गत पुस १२ गते सांसद इन्द्रबहादुर आङबो प्रस्तावक र सांसद लक्षुमण तिवारी समर्थक रहेको अविश्वासको प्रस्तावमा ३७ जना सांसदहरुले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ताको भएको थियो ।
जसमध्ये सांसद जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, बसन्तीदेवी यादव र कला घलेले भने हस्ताक्षर फिर्ता लिनुभएको छ ।
यसअघि बिहान मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा बैठक नराख्न सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गर्नुभएको थियो ।
सभामुखले बैठक स्थगित गर्न नसक्ने जवाफ दिनुभएको थियो ।
अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले फागुन २० गतेसम्म बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्