१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल-नेपाल समूहको ९ बुँदे मापदण्ड, दुबै पक्षबीच ५०-५० प्रतिशत भागवण्डा


0
Shares

काठमाडौं, फागुन ९ । नेकपा दाहाल-नेपाल समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ ।

शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गर्नुभएको छ ।

यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०-५० प्रतिशत हुने भएको छ ।

मापदण्डअनुसार प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गरिनेछ ।

त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने’ मापदण्डमा भनिएको छ ।

यस्तै पार्टी कमिटीहरू तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुल सदस्य संख्यामा पनि ५०-५० प्रतिशत हुनेगरी बिशेष व्यवस्था गर्ने सहमति भएको छ ।

एमाले र माओवादीबीच एकता हुँदा ६०-४० को अनुपातमा एकता भएको थियो ।