१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विघटनको पक्षमा फैसला भए लोकतान्त्रिक व्यवस्था नै समाप्त : कांग्रेस नेता सिटौला


0
Shares

विराटनगर, फागुन ९ । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला भए लोकतान्त्रिक व्यवस्था नै समाप्त हुने दाबी गर्नुभएको छ ।

विराटनगरमा आइतबार गरिएको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विपक्षमा फैसला भए मात्र लोकतान्त्रिक व्यवस्थाको रक्षा हुने बताउनुभयो ।

शनिबार प्रधानमन्त्री ओलीले विराटनगरमा दिएको अभिब्यक्तिलाई सिटौलाले अत्तालिएको मानसिकताको संज्ञा दिनुभयो ।