१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिनिधिसभा विघटन भए राप्रपाको महाधिवेशन झन् अन्योलमा


0
Shares

रोमन आचार्य (इमेज)
काठमाडौं, फागुन ९ । बारम्बारको टुटफुट र एकताबाट गुज्रिदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेश पनि निर्धारित समयमा नहुने भएको छ ।

आगामी बैशाखमा एकता महाधिवेशन गर्ने घोषणा गरिएकोमा मध्यावधि निर्वाचनका कारण महाधिवेशन नहुने संभावना बढेको हो ।

एकता महाधिवेसनलाई छायाँमा पारेर यतिवेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मध्यावधी निर्वाचनको तयारीमा जुटेको छ ।

आफैले बनाएको महाधिवेशनको कार्यतालिका लागू गराउनेतर्फ पार्टीको ध्यान कमै गएको छ ।

फागुन १५ भित्र सक्नुपर्ने सक्रिय सदस्यता वितरण ६ दिन समय बाँकी रहँदा समेत सकिएको छ ।

विडम्वना ६१ जिल्लामा मात्र पार्टी समायोजनले पूर्णता पाएको छ ।

कार्यतालिका अनुसार काम नहुँदा राप्रपाको एकता महाधिवेसन बैशाख २५ देखि संभव छैन ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरिदिए अझ राप्रपाको महाधिवेसन अन्योलको भुमरीमा फस्नेछ, निर्वाचन कार्यतालिका औचित्य विहीन बन्ने छ ।

अहिलेबाटै मध्यावधी निर्वाचनको माहोलमा होमिएको राप्रपा नेतृत्वले महाधिवेसनलाई प्रथामिकता दिएकै छैन ।

पार्टीले कार्यकारीणि समिति र केन्द्रीय समिति बाहेक आफूलाई विस्तार गर्न सकेको छैन ।

प्रदेश समिति गठन गर्ने गाइगुइ हल्ला पार्टीमा चल्न थालेको छ ।

तल्ला तहसम्म पार्टी कमिटि कहिले विस्तार हुन्छ स्वयम् नेताहरुलाई नै थाहा छैन ।

महाधिवेसन पनि केन्द्रमा मात्र गरेर मात्र पुग्दैन । चैत्र १० मा तल्ला तहबाट शुरु गरेर बैशाख १५ मा प्रदेश तहसम्मको अधिवेसन गराउनु राप्रपाको अहिलेको अवाश्यक्ता हो ।

निर्वाचन कार्यतालिका बमोजीम पार्टीले दिने भनेको निर्वाचन सम्बन्धी अभिमुखीकरण बैठक, अनुगमन टोलीको निर्माणको अत्तोपत्तो छैन ।

टुट् फुटको दीर्घ रोगी राप्रपा बल्लतल्ल जोडिन पुगेको छ ।

३ जना अध्यक्ष राखेर पार्टी सञ्चालन गर्नुपनि यसै पनि हैरानीको विषय हो ।

कार्यतालिका अनुसार एकता महाधिवेसन गरेर निर्वाचित नेतृत्व चयन नगर्ने हो भने फेरी पूरानो रोग नबल्झेला भन्न सकिन्न ।

सुयेश मानन्धर