
काठमाडौं, फागुन ९ । साताको पहिलो दिन आईतबार शेयर बजारमा सामान्य सुधार आयो ।
उतारचढाव बिच बजार परिसुचक नेप्से साढें ३ अंकले सकारात्मक रहेर २६ सय ४० पुग्यो ।
यसदिन बढी जसो समूह हरियो रहे ।
जलविद्युत समुह सबैभन्दा उच्च ८३ अंकले उकालो लाग्यो । विकास बैंक, अन्य, व्यापार र होटल समूह पनि दोहोरो अंकले सुधारिए ।
जीवन बिमा समुहमा ३ सय ६१ अंकको गिरावट आयो । निर्जिवन बिमा र लघुवित्त समुह पनि दोहोरो अंकले ओरालो लागे ।
आईतबार ६७ कम्पनीको मुल्य बढ्दा १ सय ३ कम्पनीको शेयर मुल्य भने घट्यो ।
यसदिन अप्पर तामाकोशीका लगानीकर्ताले सबैभन्दा बढि कमाउँदा बेष्ट फाईनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे ।
नेपाल पूर्वाधार विकास बैंकको शेयर मूल्य पनि ९ प्रतिशतले बढेर ६ सय पुग्यो ।
यसदिन २ सय ७ कम्पनीको २ करोड ४३ लाख कित्ता शेयर ८ अर्ब ८३ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्