
काठमाडौं, फागुन ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन नागढुङ्गा–नौविसे सुरुङमार्गको अवलोकन गर्नुभएको छ ।
उहाँले आइतबार नागढुङ्गाको दहचोक टुटेपाखास्थित सुरुङमार्ग निर्माणधिन स्थलको अवलोकन गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेश प्रसाद कोइरालाले निर्माण कार्यको अवस्था बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले अवको १३ महिना भित्रमा सुरुङको ब्रेक थ्रु हुने गरी काम भइराखेको बताउनुभयो ।
नागढुङ्गा सुरुङमार्ग आयोजनाको निर्माण कार्य जापानी कम्पनी हाजमा–आन्द्रो जेभीले गरिरहेको छ ।
सुरुङमार्ग निर्माणका लागि विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच २०७६ असोज ६ गते सम्झौता भएको थियो ।
तर सुरुङ खन्ने काम भने गत पुस देखि शुरु भएको थियो ।
दहचोकदेखि सिस्ने खोलासम्म सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ भने चौडाई ९ दशमलव ५ मिटर छ ।
प्रतिक्रिया दिनुहोस्